१९ भदौ २०८३, शुक्रबार

म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस् : गृहमन्त्री गुरुङ


सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतको काम नियमित रूपमा भइरहेको बताएका छन् । शुक्रबार बिहान त्रिशुली-३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका व्यक्तिहरूलाई भेट्न मन्त्री गुरुङ काठमाडौंबाट हेलिकोप्टर लिएर गएका थिए ।

१० दिनपछि शुक्रबार बिहान सुरुङबाट सप्तरीका सञ्जय शाह र काठमाडौंका कविर महर्जनको जीवितै उद्धार गरिएको थियो । गृहमन्त्री गुरुङले उद्धार गरिएका व्यक्तिको मुखमा लगाइएको अक्सिजन मास्कको सिलिन्डर बोकेर हेलिकोप्टरतर्फ गइरहेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियो सार्वजनिक भएपछि गृहमन्त्री गुरुङलाई लिएर सामाजिक सञ्जालमा आलोचनात्मक प्रतिक्रिया आएका छन् । ती प्रतिक्रियालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट नै आफू कहाँ बसेको छु भन्नेबारे चिन्ता नगर्न भनेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !