ठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवा बाढीले निम्त्याएको विपत्तिमा सहयोग गर्न सक्नेलाई सहयोगमा जुट्न आह्वान गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै सहयोग गर्न नसकिए कटु वचन नबोल्न पनि आग्रह गरेका छन् ।
सभापति थापाले बाढी प्रभवित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेको विपत्तिसँगै खोज, उद्धार र राहतका लागि भइसकेका प्रयास, प्रभावितको गुनासोबारे भिडियोमा जानकारी दिएका छन् । उनी केही दिनअघि केही दिनअघि रसुवा बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षणमा गएका थिए ।
सभापति थापाले विपत्तिको समयमा सबैले मिलेर काम गर्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘यो बेलामा तपाईं हामी प्रत्येकले मिलेर कम गर्नुपर्ने छ,’ उनले भनेका छन् ।
सभापति थापाले पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृष्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने पनि जानकारी भिडियोमार्फत दिएका छन् । सभापति थापाले बाढी प्रभावित क्षेत्रमा स्थानीय तह र प्रदेश सरकारले गरिरहेको कामको सह्राना पनि गरेका छन् ।









