काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान १०:०० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुने तय भएको छ ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा रसुवा बाढी, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुनेछ । रसुवा बाढी, उद्धार र राहतबारे रास्वपाले ठोस निर्णय गर्ने बताइएको छ ।









