१६ भदौ २०८३, मंगलबार

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज


शिक्षण अस्पताल महाराजगञ्ज

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ ।

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिए । उपचार भइरहेका बिरामीमध्ये तीन जनाको सघन उपचार कक्ष (आइसियू) र दुई जनाको हाइकेयर (विशेष निगरानी) मा राखेर उपचार भइरहेको छ ।

अस्पतालमा ल्याइएकामध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको जनाउँदै डा सेढाईंले मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका उल्लेख गरे । उनका अनुसार हालसम्म अस्पतालमा ल्याइएका बिरामीमध्ये ३९ जना डिस्चार्ज भइसकेका छन् । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !