१५ भदौ २०८३, सोमबार

प्रधानसेनापति अशोकराज सिग्देलसँग प्रधानमन्त्री बालेनले गरे छलफल


प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलवीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले आज सोमबार केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिएका छन् ।

रक्षामन्त्री समेत रहेका उनले उद्धारका सबै बाँकी कामहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् । छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार र राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न तथा सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिएका छन् ।

प्रधान सेनापतिसँगको छलफलपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम छ । त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !