११ भदौ २०८३, बिहिबार

रसुवा बाढी (अपडेट) : हालसम्म मृतकको संख्या २८९ पुग्यो


रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ७२ जनाको शव फेला

काठमाडौँ । चीनतर्फबाट पसेपछि भोटेकोशी र त्रिशूली नदीमा बाँढी आउँदा मृत्यु हुनेको संख्या २८९ पुगेको छ । आज बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १२१ वटा भेटिएका छन् ।

यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४ र रसुवामा ३ वटा शव भेटिएका छन् । चितवनमा मात्रै भेटिएका शवको संख्या १२१ पुगेको हो ।

जिल्लागत विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !