७ भदौ २०८३, आइतबार

मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको छ : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित ‘कम्युनिष्ट एकता सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले देशको स्वाधीनतामा अभूतपूर्व संकट उत्पन्न भएको दाबी गरे सुगौली सन्धिपछि यस्तो संकट नेपालले पहिलोपटक भोग्नुपरेको खुलासा गरेका हुन् । उनले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

उनले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार गरे । उनले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलन, राष्ट्रवादी आन्दोलन र कम्युनिष्ट आन्दोलनको बीचमा नङमासुको सम्बन्ध हुने पनि बताए ।

उनले विगतका कमजोरीहरूप्रति राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !