५ भदौ २०८३, शुक्रबार

पर्यटकीय नगरी पोखरा पुगे प्रधानमन्त्री बालेन


पर्यटकीय नगरी पोखरा पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा पुगेका छन् । निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री शाह आज दिउँसो पोखरा पुगेका हुन् ।

उनी शुक्रबार दिउँसो स्थलमार्गमार्फत पोखरा पुगेका हुन् । पोखरा पुगेका प्रधानमन्त्री शाह आज पोखरानजिकै रहेको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नेछन् ।

प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै रिसोर्ट र त्यस आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। रिसोर्ट पुग्ने बाटोमा नेपाली सेनाले चेकजाँच गरिरहेको छ ।

सेनाले रिसोर्टका सञ्चालक र कर्मचारीबाहेक अन्य व्यक्तिलाई रिसोर्टमा आउजाउ गर्न दिएको छैन । रिसोर्ट स्रोतका अनुसार प्रधानमन्त्री शाह आउने भएपछि अन्य पर्यटकको बुकिङ लिइएको छैन ।

चेकजाँचमा खटिएका नेपाली सेनाका प्रतिनिधिले प्रधानमन्त्री शाहको निजी भ्रमण भएकाले सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्। अन्नपूर्ण इको रिसोर्टमा बास बसेपछि प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ। यद्यपि, उनको भ्रमणबारे जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीले आफूहरूलाई जानकारी नभएको बताएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !