५ भदौ २०८३, शुक्रबार

पोखरामा प्रधानमन्त्री बस्ने अन्नपूर्ण इको रिसोर्टमा नेपाली सेनाको कडा सुरक्षा


पोखरामा प्रधानमन्त्री बस्ने अन्नपूर्ण इको रिसोर्टमा नेपाली सेनाको कडा सुरक्षा

पोखरा । प्रधानमन्त्री बालेन शाह आज शुक्रबार माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको रिसोर्टमा बास बस्न आउने भएका छन्। रिसोर्ट स्रोतका अनुसार प्रधानमन्त्री शाह आउने भएपछि अन्य पर्यटकको बुकिङ लिइएको छैन ।

रिसोर्ट पुग्ने बाटोमा नेपाली सेनाले चेकजाँच गरिरहेको छ । सेनाले रिसोर्टका सञ्चालक र कर्मचारीबाहेक अन्य व्यक्तिलाई रिसोर्टमा आउजाउ गर्न दिएको छैन।

चेकजाँचमा खटिएका नेपाली सेनाका प्रतिनिधिले प्रधानमन्त्री शाहको निजी भ्रमण भएकाले सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्। अन्नपूर्ण इको रिसोर्टमा बास बसेपछि प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ।

यद्यपि, उनको भ्रमणबारे जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीले आफूहरूलाई जानकारी नभएको बताएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !