५ भदौ २०८३, शुक्रबार

काँग्रेसमा विवाद चर्कियो : महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा


काँग्रेसमा विवाद चर्कियो : महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसमा विवाद चरम विन्दुमा पुगेको छ । काँग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग राखेर शेरबहादुर देउवा समूह रिट दायर गर्न सर्वोच्च अदालत पुगेको छ ।

तत्कालका लागि महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरी निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने गरी भएको निर्णय बदर गर्न रिटमा माग गरिएको छ ।

सर्वोच्चले विशेष महाधिवेशन र आयोगको निर्णयलाई सदर गर्ने पूर्वनिर्णयमा पुनरवलोकनको अनुमति दिइसकेको अवस्था दर्शाएर महाधिवेशन रोक्न अन्तरिम आदेश मागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !