धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेशसभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्।
प्रदेशसभाको बैठक साँझ ५ बजे बस्ने भनिए पनि निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरु भएको थियो। उनी कांग्रेसका तर्फबाट मुख्यमन्त्री थिए । एमाले र नेकपाको गठबन्धनपछि उनी अल्पमतमा थिए ।
समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले ३०औँ दिनमा राजीनामा दिएका हुन्। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।









