२७ श्रावण २०८३, बुधबार

कार्यकाल बाँकी रहँदै दुई सचिवले दिए राजीनामा


काठमाडौं । नेपाल सरकारका दुई जना सचिवले कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनामा दिएका हुन् ।

यही साउन १३ गते मात्रै सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै सचिव पदबाटै राजीनामा दिएका हुन् । पोखरेल राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट थिए । सञ्चार सचिव पोखरेलको सेवा अवधि एक वर्ष बढी बाँकी थियो ।

अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए भने डा. पोखरेलको सचिवको कार्यकाल २०८४ भदौ २३ गतेसम्म थियो । सचिव अधिकारी भने भदौ ४ मा अनिवार्य अवकाशमा जाँदै थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामाको लहर नै चलेको छ । यसअघि राजीनामा दिनेमा सहसचिवसम्म मात्र दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !