२६ श्रावण २०८३, मंगलबार

ब्रोड पिक हिमपहिरो : थप तीन आरोहीको शव ल्याइयो नेपाल


निमा शेर्पा

काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा गत साउन १४ गते हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीनजना नेपाली आरोहीको शव नेपाल ल्याइएको छ । किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।

उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङको शव भने साउन २१ गते नै नेपाल ल्याइएर अन्त्यष्टिसमेत गरिसकिएको छ ।

सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको शव भने उनको परिवार बेलायतमै रहेकाले शव पनि बेलायत नै लगिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !