काठमाडौंं । नेपाली कांग्रेसआ सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।
कांग्रेसको केन्द्रीय समिति बैठकअघि दुईजनाबीच भेटवार्ता भएको हो । आज बिहान साढे ९ बजे विशालनगरमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ ।
कांग्रेसमा संस्थापन र इतरपक्षबीच द्वन्द्व बढिरहेको बेला एकताको पहलका लागि दुई नेपालबीच संवाद भएको हो । भेटमा नेता कोइरालाले बेमेलको अवस्था अन्त्य गर्न सभापति थापालाई आग्रह गरेका छन् । जवाफमा थापाले आफूहरू पनि एकताबद्ध पार्टीको पक्षमा नै रहेको बताएका छन् ।









