काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिएका छन् ।
प्रधानमन्त्री बालेनले हिजो शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सही समय आउन केही समय लाग्ने र ढिलो होला तर गलत नहुने बताएका थिए । उनले नआत्तिन पनि सबै नेपाली जनतालाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका थिए । उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने बताएका थिए । साथै यो पहिलो पटक नभएको पनि उल्लेख गरेका थिए ।
प्रतिनिधिसभाको हिजो शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
उनले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । उनले हामी सबै साथमा रहेकोले हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नैपर्ने केही पक्ष भएको प्रष्ट पारेका छन् ।
झाले यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहने र जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु र यहाँ कोही एक्लो नभएको बताएका छन् ।
यो पनि पढ्नुहोस्
संसदमा प्रश्न उठेपछि प्रधानमन्त्रीले मुख खोले : देश संकटदेखि समाधानतर्फ उन्मुख
संसदमा प्रश्न उठेपछि प्रधानमन्त्रीले मुख खोले : देश संकटदेखि समाधानतर्फ उन्मुख









