१६ श्रावण २०८३, शनिबार

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको दु:खद निधन


निर्मल पुर्जा

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को दु:खद निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो ।

पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको पुष्टि भएको हो ।

एलिट एक्सपिडले निर्मल पुर्जालाई आधुनिक पर्वतारोहणका महान् आरोहीमध्ये एकका रूपमा स्मरण गर्दै उनको साहस, नेतृत्व, विनम्रता र असम्भवलाई सम्भव बनाउने सोचले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको उल्लेख गरेको छ।

पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !