५ श्रावण २०८३, मंगलबार

पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास


आत्मदाह fire isolated over black background

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक जना युवकले शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन् । आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।

आज मंगलबार ‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरेको छ । उनलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर काउन्सेलिङ गरेपछि रिहा गरिएको प्रहरीले बताएको छ ।

बालाजुको बेकरी उद्योगमा काम गर्दै आएका तामाङमा जोरपाटी बस्थे। उनले जोरपाटीको लामा पम्पबाट पेट्रोल किनेर लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरेको भए पनि भेट्न नपाएपछि आत्मदाह गर्न खोजेको उनले प्रहरीसँग बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !