५ श्रावण २०८३, मंगलबार

भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ


भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ

काठमाडौं । भारतमा विपक्षी दलका कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । भारतमा प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका विपक्षी दलका नेता गान्धीसहित शीर्ष नेताहरूलाई आज मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्राेच जनता पार्टीले जन्तर-मन्तरमा विरोध प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री निवास अघि धर्ना दिन पुगेका गान्धीसहित कांग्रेस नेता प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव पनि पक्राउ परेका छन् ।

त्यस्तै, कांग्रेसका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी, सुखजिन्दर सिंह रन्धावा लगायतका नेतालाई पनि प्रहरीले हिरासतमा लिएको छ । उनीहरूको माग प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने थियो ।

नीट (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरण र आन्दोलनकारी विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोध गर्दै धर्ना बसेका बेला उनीहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र संसदमा नीट प्रकरणबारे छलफल माग गर्दै विपक्षी सांसदहरूले मंगलबार दिउँसोदेखि प्रधानमन्त्री निवास बाहिर घेराउ तथा धर्ना सुरू गरेका थिए। धर्ना स्थलमा वार्ता गर्न पुगेका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले गान्धीले आफ्नो बोली फेरेको आरोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !