२९ असार २०८३, सोमबार

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त


प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । पत्रकार उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त पदमा श्रेष्ठलाई मनोनीत गरेको हो ।

बालेन सरकारले पछिल्लो नियुक्ति बदर गरेपछि रिक्त भएको अध्यक्ष पदमा श्रेष्ठ नियुक्त भएका हुन् । श्रेष्ठ ब्लगरका रूपमा शालोक्य नामले समेत चिनिन्छन् ।

यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य काउन्सिलका अध्यक्ष थिए । सरकारले अध्यादेश जारी गरेपछि उनी सहितका सबै पदाधिकारीहरू पदमुक्त भएका थिए ।

पहिलो पोस्ट डटकम, नागरिक न्युजको अनलाइन संस्करण तथा अन्नपूर्ण पोष्टको अनलाइन संस्करणको सम्पादक भएर काम गरिसकेका श्रेष्ठ पछिल्लो समय तथ्य जाँच तथा तथ्यजाँच तालिम सञ्चालन गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !