२७ असार २०८३, शनिबार

काठमाडौंको बुद्धनगरमा अर्का एक जनाले गरे आत्मदाहको प्रयास


अश्विन राउत

काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एकजनाले आत्मदाहको प्रयास गरेका छन् । आज बिहान ६ बजेर २० मिनेट जाँदा आफ्नै कोठामा ४५ वर्षका अस्विन राउतले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईका अनुसार उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर अस्पताल पठाएको थियो । उनले आत्मदाहको प्रयास गरेको पाइएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको छ ।

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको भट्टराईले बताए । उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको जानकारी दिए ।

यसअघि, काठमाडौंकै त्रिपुरेश्वरमा बिहीबार गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारकै क्रममा उनको निधन भएको छ । शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका अर्का एक पुरुषको कीर्तिपुरमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !