काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको मोटरसाइकलमा ह्विल लक लगाउने ट्राफिक प्रहरी नभएको स्पष्ट पारेका छन्। प्रतिनिधि सभामा आज शुक्रबार सांसदहरुले राखेको प्रश्नमा जबाफ दिँदै गृहमन्त्री गुरूङले मोटरसाइकलमा ह्विल लक लगाइदिने व्यक्ति ट्राफिक प्रहरी नभई महानगर प्रहरी रहेको बताएका हुन्।
‘जुन ठाउँमा घटना भयो। त्यो ठाउँमा ट्राफिकले ह्विल लक लगाएको होइन। कुनै भिडिओमा छ ट्राफिकले लगाएको? नगरप्रहरीले लगाएको छ। स्थानीय सरकार कसको छ अहिले? रास्वपाको छ? प्रदेश सरकार कसको छ? दुई तहको सरकार त तपाईंहरूसँग छ। यो नियम कानुन हामीले बनाएको हो?,’ उनले भने।













