काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । प्रतीकलाई सुन्धारा कारागारमा राखिएको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा प्रतीकले सफाइ पाएका थिए । सम्पत्ति शुद्धीकरबारे अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पठाउने पत्रपछि उनलाई बुधबार आयोगको कार्यालय पठाइएको हो ।













