२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता


प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डावीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता भएको हो ।

भेटवार्ता नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पुर्वाधारमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो ।

जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !