१८ असार २०८३, बिहिबार

‘नेपाली ब्रो’ र उनकी प्रेमिका आचार्य पुर्पक्षका लागि थुनामा


कुमार थापा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले श्रीमती हत्या मुद्दामा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ। काठमाडौं जिल्ला अदालतले थापा र आचार्यलाई आज बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासको आदेशअनुसार थुनामा राख्न कारागार चलान गरिएको छ । नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या प्रकरणमा थापासहित तीनजना पक्राउ परेका थिए ।

थापाका साथी पुजन र भाइ विक्रमलाई भने इजलासले एक लाख धरौटीमा छाड्न आदेश दिएको छ । प्रहरी अनुसन्धानबाट विवाहेत्तर सम्बन्धका कारण सिर्जित कलहका कारण हत्या भएको देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !