१२ असार २०८३, शुक्रबार

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित


विपिन आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।

उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए । निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय लागेको भन्दै माफी पनि मागे ।

त्यस्तै उनले नेपाली जनताले रास्वपालाई चुनावमा दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने पनि बताए । उनले संगठनात्मक सुधारका लागि पनि आफ्नो भूमिका हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !