२५ जेष्ठ २०८३, सोमबार

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ


फणिन्द्र नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट पक्राउ गरिएको हो ।

नेपाल चेक अनादर मुद्दामा जाहेरी परेपछि पक्राउ परेको प्रहरीले जनाएको छ । संखुवासभा सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटार बस्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !