२५ जेष्ठ २०८३, सोमबार

सर्वोच्च फर्किइन् वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल


सपना प्रधान मल्ल

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल काममा फर्किएकी छन्। प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल बिदामा बसेर २० दिनपछि आज सोमबार अदालत आएकी हुन् ।

आज सोमबार उनका दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ । उनले एकल इजलास र त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरुको सुनुवाइ गर्नेछिन् ।

शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुपूर्व उनी आफैले कायममुकायम प्रधानन्यायाधीशको रूपमा बिदा स्वीकृत गराएर बसेकी थिइन् ।

शर्मालाई सर्वोच्च अदालतमा स्वागत गर्दा पनि मल्ल उपस्थित थिइनन्। उनी पछिका रोलक्रममा रहेका न्यायाधीश कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई स्वागत गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !