१९ जेष्ठ २०८३, मंगलबार

रास्वपा सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसँग भेटवार्ता


रास्वपा सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसँग भेटवार्ता

नयाँ दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नविनबीच भेटवार्ता भएको छ । भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा रवि र नीतिनबीच भेटवार्ता भएको हो ।

रविलाई भाजपाले रेड कार्पेटसहित भव्य स्वागत गरेको छ । रविले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय छ ।


जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । लामिछानेले भारतमा रहेका नेपालीसँग पनि साक्षात्कार गर्ने कार्यक्रम छ ।

पाँच दिने भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !