१९ जेष्ठ २०८३, मंगलबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटसहित भव्य स्वागत


पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटसहित भव्य स्वागत

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय बाजागाजा बजाएर पुष्प वर्षा गराएर रेड कार्पेटसहित भब्य स्वागत गरिएको छ । मुख्यालयमा लामिछानेलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका हुन् ।

मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि भेटघाट हुने बताइएको छ । भाजपाकै मुख्यालयमा भारतीय विदेशमन्त्री एस.जयशंकारसँग भेटघाट हुने बताइएको छ । आजै भाजपाको मुख्यालयले रविको नाममा रात्रिभोजको आयोजना गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !