पोखरा । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि डोजर चलाएको हो ।
वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचना हटाउएर महानगरले करिडोर बनाउने अभियान थालेको हो । पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो ।
अहिले सिर्जनाचोक नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको हो । महानगरले ती संरचना हटाउनका लागि ३५ दिनको समय दिएको थियो । उक्त समयसीमा शनिबार सकिएको थियो ।













