काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । आज सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिए । गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो ।
हिजो आइतबार मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो । गत महाधिवेशनमा उनको समेत समर्थन लिएर ईश्वर पोखरेल अध्यक्षमै प्रतिस्पर्धा समेत गरेका थिए ।













