२८ बैशाख २०८३, सोमबार

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्री वाग्लेसमक्ष पेस


डा. स्वर्णीम वाग्ले

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !