८ बैशाख २०८३, मंगलबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री गुरुङ पनि सहभागी


सरकारको निर्णय

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । आज मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङसहित अन्य मन्त्रीहरू सहभागी रहेका छन् ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी देखिएपछि विवाद उत्पन्न भएको छ । विपक्षी दलले गुरुङको राजीनामा माग गरेका छन् ।

सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन प्रधानमन्त्रीको सचिवालयले आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !