५ बैशाख २०८३, शनिबार

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा


सन्तोषनारायण श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएका हुन् । श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिए ।

सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !