काठमाडौं । भारतीय गायिका आशा भोसलेको निधन भएको छ । भारतीय संगीतकी महान् गायिका भोसलेको आज ९२ वर्षको उमेरमा निधन भएको हो ।
भोसलेको भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आज आइतबार निधन भएको हो । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई हिजो शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो । हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।













