२७ चैत्र २०८२, शुक्रबार

नयाँ मन्त्रीहरूको शपथ आजै हुने


उद्योगमन्त्री गौरी कुमारी, श्रममन्त्री बने रामजी

काठमाडौं । आज शुक्रबार मन्त्री बनेका नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री शाहले आज दुई जनालाई मन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादवलाई नियुक्त गरिएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय भइनसकेको जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !