काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनमा आफूलाई पक्राउ गरिएको भएपनि हिजो १३ दिनपछि रिहा भएको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेख्दै पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनका घटना छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ भनेका हुन् ।
उनले रिहा गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार पनि व्यक्ति गरेका छन् । नेपाली कांग्रेसका नेता लेखकले कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने भन्दै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन् ।













