काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि आज रिहा भएका छन् । लेखकलाई हिरासतबाट हाजिर जमानीमा केही बेरअघि रिहा गरिएको हो ।
उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । पक्राउ परेको १३ औँ दिनमा पूर्वगृहमन्त्री लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको थियो ।













