काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव विरामी भएर अस्पताल भर्ना भएका छन् । उपराष्ट्रपति यादवलाई हिजो सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
अस्पतालका अनुसार प्रेसर बढेकाले अस्पताल भर्ना गरिएतापनि अहिले भने उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य छ । यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ ।












