दार्चुलामा हिमपात
खलङ्गा (दार्चुला), १० माघः
दार्चुलाको अपी हिमाल गाउँपलिका- ४ खण्डेश्वरीमा भएको हिमपात। हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको छ। तस्बिरः गणेशसिंह धामी/ रासस काठमाडौँ । जल तथा मौसम विज्ञान बिभागले आजको मौसम सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेकोछ ।
दिउँसो
देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राती
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरु तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।













