२० चैत्र २०८२, शुक्रबार

पर्यटनमन्त्री पौडेल भए कडा, कार्यकक्षमा मोबाइल लान निषेध


गनेस पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री गनेस पौडेलले आफ्नो कार्यकक्षमा मोबाइल लिएर जान निषेध गरेका छन् । मन्त्री पौडेललाई भेट्न जाने केही व्यक्तिले उनीसँग खिचेको तस्वीरको आधारमा शक्तिको दुरुपयोग गर्न लागेपछि उक्त निर्णय लिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

मन्त्रालय र अन्य स्थानमा भएका भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्वीरहरू प्रयोग गरी केही व्यक्तिले दुरुपयोग गरेको उनले मन्त्री पौडेलले जानकारी गराएका छन् ।

मन्त्री पौडेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन् – ‘मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजको मितिदेखि लागु हुनेगरी मन्त्रीको कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको जानकारी गराउँदछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !