१५ चैत्र २०८२, आइतबार

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया


प्रचण्ड, ओली र देउवा

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका हुन् ।

डा. तीन पूर्वप्रधानमन्त्रीको हकमा भने केही बोल्न चाहेनन् । तर गृह स्रोतका अनुसार विभागको पत्राचारअनुसार सीआईबीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !