काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण भोलि बिहीबार दिउँसो तय गरिएको छ । बिहीबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन् । केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।













