११ चैत्र २०८२, बुधबार

सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा भीषण आगलागी


सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी भएको छ । आज बुधबार बिहान भएको आगलागीबाट क्याफेको तल्लो तलामा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका–६ मा अवस्थित आइसक्रिम पार्लर तथा क्याफे कोसी राजमार्गमा अवस्थित बजार क्षेत्रमा रहेको छ । आगलागी हाल नियन्त्रणमा आइसकेको छ ‌ ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगोका कारण आसपासका तथा टाँसिएका घरहरू समेत जोखिममा परेका छन्। प्रहरीका अनुसार आगो नियन्त्रणमा लिन प्रयास जारी छ । सुरक्षाकर्मी, दमकल र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम गरिरहेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीले जनाएअनुसार आगलागीको कारण खुल्न सकेको छैन । तर, विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ‌।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !