नवलपरासी, बर्दघाट सुस्ता पूर्व । अमला पाउडर, त्रिफला पाउडर र अश्वगन्धा पाउडर समभाग मिलाएर सेवन गर्दा आयुर्वेद अनुसार शरीरलाई धेरै राम्रो प्रभाव दिन सक्छ । यी तिनवटाको गुण फरक-फरक भएकाले सँगै प्रयोग गर्दा समग्र स्वास्थ्य सुधारमा सहयोग हुन्छ ।
यस्ता छन् यसका मुख्य फाइदाहरू
१. शरीर बलियो बनाउँछ
अश्वगन्धाले शरीरलाई शक्ति र ऊर्जा दिन्छ भने त्रिफलाले पोषण दिन्छ । यसले कमजोरी र थकान कम गर्न मद्दत गर्छ ।
२. पाचन प्रणाली सुधार
त्रिफलाले पेट सफा राख्ने, कब्जियत हटाउने र पाचन राम्रो बनाउने काम गर्छ ।
३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
अमलामा धेरै भिटामिन सी हुन्छ, जसले शरीरको इम्युनिटी बढाउन सहयोग गर्छ ।
४. मानसिक तनाव कम गर्न सहयोग
अश्वगन्धा प्राकृतिक एडाप्टोजेन भएकाले तनाव, चिन्ता र निद्रा समस्या कम गर्न मद्दत गर्छ ।
५. कपाल र छालाको स्वास्थ्य
अमला र त्रिफलाले रगत शुद्ध गर्न सहयोग गर्छ, जसले कपाल झर्ने कम गर्न र छाला राम्रो राख्न मद्दत गर्छ ।
६. बुढ्यौली ढिलो ल्याउन मद्दत
यी तीनवटामा एन्टिअक्सिडेन्ट हुने भएकाले शरीरलाई दीर्घकालसम्म स्वस्थ राख्न सहयोग मिल्छ ।
यस्तो छ सेवन गर्ने तरिका
अमला पाउडर – १/२ चम्चा
त्रिफला पाउडर – १/२ चम्चा
अश्वगन्धा पाउडर – १/२ चम्चा
यी तीनवटा मिसाएर बिहान वा बेलुका मनतातो पानी वा दूधसँग सेवन गर्न सकिन्छ या सवैलाई समभाव मिलाएर राख्ने र एक-एक चम्चा दिनमा एकपटक राती दूधसंग खाने ।













