६ चैत्र २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन थापा अनुपस्थित


कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन थापा अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । आज शुक्रबार दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

पार्टी सभापति गगन थापा अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर बैठक सुरु भएको छ । पदबाट राजीनामा दिएका थापा बैठकमा गएका छैनन् ।

आजको जारी बैठकमा सभापति थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा बैठकमा छलफल गरिने जनाइएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा अस्वीकृतको प्रस्ताव पेस गरिने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !