२२ फाल्गुन २०८२, शुक्रबार

काँग्रेसले खोल्यो जितको खाता : मुस्ताङबाट योगेश गौचन विजयी


योगेश गौचन थकाली

मुस्ताङ । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित विजयी छन् । गौचनले ३३०७ मत ल्याएर विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्रै ल्याएका छन् । यहाँ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् । यहाँ मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !