१७ फाल्गुन २०८२, आइतबार

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान


पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान गर्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत प्रत्यक्ष र समानुपातिक दुवै मत पत्रमा रुख चुनाव चिह्नमा मतदान गर्न आह्वान गरेका हुन् ।

“यही फागुन २१ गते प्रतिनिधिसभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्दछ, यसका लागि हाम्रो माग तथा शुभकामना छ”, उनले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ, “यो निर्वाचनमा म उम्मेदवार किन हुँदै छैन, त्यसका कारण मैले गत माघ ६ गतेको दिन बिहान सामाजिक सञ्जालमार्फत सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु ।”

नेता खड्काले यही  फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा गई प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रमा रुखमा स्वस्तिक छापको लालमोहर लगाई कांग्रेसलाई विजयी गराउन अनुरोध गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !