१ चैत्र २०८२, आइतबार

११ राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सरकारले फिर्ता बोलाएका राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापानका लागि दुर्गाबहादुर सुवेदी रहेका छन् ।

फिर्ता बोलाइएका राजदूतमध्ये सुवेदीबाहेक सबै राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका थिए । उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि उनले बताए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !