९ चैत्र २०८२, सोमबार

क्रिश्चिचयन धर्म प्रचार गरेको आरोपमा अमेरिकन नागरिक पक्राउ


डेनियल एस कोर्नी

काठमाडौँ । क्रिश्चिचयन धर्मको प्रचार गरेको आरोपमा एकजना अमेरिकन नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले आज मंगलबार एक अमेरिकी नागरिकलाई ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो ।

भिजिट भिसामा नेपालमा बसेर धर्म प्रचारमा संलग्न डेनियल एस कोर्नीलाई पक्राउ गरेको हो । कोर्नीले आफूलाई ‘यशू खिष्टको सेवक हुँ’ भन्दै सार्वजनिक स्थानमा धर्म प्रचार गर्दै हिँडेका थिए ।

उनले लगनखेल बसपार्क, जावलाखेल र सुनधारामा धर्म प्रचार गर्दै हिँडेको भेटिएपछि अध्यागमन विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सन् २०१५ देखि नेपाल बस्दै आएका कोर्नी सुरुमा पर्यटन भिसामा प्रवेश गरेपछि उनले बिजनेस भिसाको लागि आवेदन दिएको भेटिएको छ । पछिल्लो समय ललितपुर महानगरपालिका–१८ भैंसेपाटीमा उनले नेपालीहरूसँग मिलेर ४ तले घर भाडामा लिएर बालगृह सञ्चालन गरेको भेटिएको छ ।

आर्थिक कमजोर भएका बच्चाहरूलाई ल्याएर बालगृहमा उनको समूहले क्रिश्चिचयन धर्म पढाउने गरेको भेटिएकोबारे अनुसन्धान भइरहेको निर्देशक ढकालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !